बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुद ऐन पारित हुँदै

आइतबार, १८ फाल्गुण २०७६खेलपाटी संवाददाता
खेलकुद ऐन पारित हुँदै

संसदीय समितिमा छलफलको क्रममा समिति सभापति जयपुरी घर्ति र युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । सरकारले संघीय संरचना अनुसार तयार गरिएको राष्ट्रिय खेलकुद विधेयक पारित गर्ने तयारी गरेको छ ।

संसदीय समितिले लामो छलफल गरेर पारित गरेको विधेयकलाई सोमबारको संसद बैठकमा पेश गर्ने संसद सचिवालयको तयारी छ ।

‘संसद सचिवालयले सोमबारको बैठकको कार्यसुचिमा खेलकुद विकास विधेयकलाई राखेको छ ।’ युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलपाटीसंग भने, ‘संसद बैठकले विधेयक पारित गर्नेछ ।’

खेलकुद मन्त्री विश्वकर्माले २०७५ फागुन ५ गते राष्ट्रिय सभामा विधेयक दर्ता गराएका थिए । राष्ट्रिय सभामा सामान्य छलफलपछि सो विधेयक विधायन व्यवस्थापन समितिमा पठाईएको थियो ।

समितिले बैशाख २० देखि साउन ४ गतेसम्म सरोकारवालासंग छलफल गरेर सयवटा संशोधन सहित विधेयक तयार गरेर समितिमा बुझाएको थियो ।

युवा तथा खेलकुद मन्त्री विश्वकर्माले साउन २६ गतेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट पारित भएर आएको सो विधेयक पेश गरेका थिए ।

शैद्धान्तिक छलफलसंगै संसदले प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा विधेयकलाई छलफलका लागि पठाएको थियो ।

दफावार छलफलसंगै समितिले माघको अन्तिम साता विधेयकलाई सर्वसम्मत पारित गरेको थियो ।

संसदीय समितिबाट पारित सो विधेयक सोमबारको संसद बैठकमा पेश गर्दै पारित गर्ने तयारी छ । सोही अनुसार संसद सचिवालयले विधेयक सोमबारको बैठकमा पेश गर्ने कार्यसुचिमा राखेको छ ।

संघीय संरचना अनुसार खेलकुदलाई व्यवस्थित गर्न विधेयक उपयोगी हुने सरकारको दाबी छ ।

विधेयकले मुलभुत रुपमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको अधिकार कटौती गर्दै मन्त्रालयको भूमिकालाई बढाएको छ । यस्तै, सदस्य सचिवको छनोट प्रक्रियामा समेत नयाँ मापदण्ड तयार गरेको छ ।

नयाँ विधेकयले खेलकुद संघमा राखेपका कर्मचारीलाई निषेध गर्दै खेलकुद संघहरुमा एक व्यक्ति एक पदमा दुई पटक भन्दा बढी बस्न नपाईने प्रावधान राखेको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको परिभाषालाई विधेयकमै परिभाषित गर्दै विधेयकले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस