एजेन्सी । घरेलु टिम न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्समा भारत अलआउट भएको छ ।
क्राइस्टचर्चमा टस हारेर पहिले ब्याटिङ गरेको भारत पहिलो दिन शनिबार २ सय ४२ रनमा अलआउट भएको हो ।
भारतका लागि हनुमा बिहारीले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी श र चेतेश्वर पुजराले ५४/५४ रन बनाए ।
कप्तान विराट कोहली ३ रनमा आउट भए ।
न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए । यस्तै टिम साउथी र ट्रेण्ड बोल्टले २/२ विकेट लिए ।
यस अघि पहिलो टेष्टमा भारत न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो ।