बुधबार, २३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रस्तावित खेलकुद ऐनमा सिलवाल असन्तुष्ट !

शुक्रबार, १६ फाल्गुण २०७६खेलपाटी संवाददाता
प्रस्तावित खेलकुद ऐनमा सिलवाल असन्तुष्ट !

undefined

Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले प्रस्तावित राष्ट्रिय खेलकुद विकास ऐनमा असन्तुष्टि जनाएका छन् ।
उनले प्रस्तावित खेलकद विकास विधेयकले खेलकुदको विकास नगर्ने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सदस्य सचिव सिलावलले खेलकुदलाई अगाडी लैजाने बिषयमा ऐननै स्पष्ट नभएको बताए ।

‘खेलकुदलाई अगाडी लैजाने दुईवटा बाटा छन् । विश्व परिवेशमा हेर्दा खेलकुद कि मन्त्रालयले चलाउनुपर्छ, वा यसलाई स्वयत्त राखेर चलाउनुपर्छ । यस बिषयमा ऐन प्रष्ट छैन ।’ सिलवालले भने, ‘हेर्दा स्वयत्तता दिएको जस्तो देखिन्छ । तर ऐन मन्त्रालय केन्द्रित देखिन्छ । यसले खेलकुदको विकास गर्दैन ।’

उनले खेलकुदको विकास गर्न काम गर्न मिल्ने खालको संरचना बनाउनुपर्नेमा जोड दिए ।

‘ऐनमा काम गर्ने मिल्ने खालको संरचना हुनपर्छ । खेलकुदको विकास गर्ने हो भने अधिकार र कर्तब्य स्पष्ट हुनपर्छ ।’ उनले भने ।

सरकारले राष्ट्रिय सभा हुँदै प्रतिनिधि सभामा पेश गरेको खेलकुद ऐनले राखेप सदस्य सचिवको अधिकार कटौती गर्दै परिषद् सञ्चालन गर्न कार्यकारी समितिको परिकल्पना गरेको छ ।

संसदीय समितिले समेत सहमती जुटाएको विधेयकमा सदस्य सचिव संयोजत्वको ५ सदस्यीय कार्यकारी समिति गठन गरेको छ । यसअघि परिषद्को कामकारबाही सदस्य सचिवको एकल निर्णयमा हुँदै आएको थियो । नयाँ ऐनले कार्यकारी समितिको परिकल्पना गरेर सदस्य सचिवको अधिकार कटौती गरेको हो ।

संसदीय समितिले सहमती जुटाएको खेलकुद ऐनका अधिकांश प्रावधानप्रति सदस्य सचिव सिलवालले गम्भिर असहमती जनाएका हुन् ।

उनले ऐन पारित भएको अवस्थामा खेलकुद गलत दिशामा अघि बढ्ने बताए ।

‘यसले खेलकुदलाई सहि दिशामा भन्दा गलत दिशामा लान्छ । ऐनले स्वयत्तता दिएको छैन । हात खुट्टा बाँधेको छ, अनि दौडन भनेको छ ।’ उनले भने ।

उनले सबै संस्थाको भूमिका फरक हुने भन्दै सोही अनुसार अधिकार र कर्तब्य स्पष्ट तोकिनु पर्ने उल्लेख गरे ।

नयाँ ऐनले सदस्य सचिवको अधिकारमात्र कटौती गरेको छैन, नियुक्ती प्रकृया समेत परिवर्तन गरेको छ ।

सदस्य सचिव नियुक्तीका लागि सरकारले मन्त्रालयको सचिवको संयोजकत्वमा दुई बिज्ञ राखेर तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ ।

यसअघि युवा तथा खेलकुद मन्त्रालयले राखेप बोर्ड सदस्यबाट एक जनालाई सदस्य सचिव नियुक्त गर्दै आएको थियो ।

सोही व्यवस्था अनुसार प्रधानमन्त्रीको सिफारिसमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मालाई रमेश सिलवाललाई चार बर्षका लागि सदस्य सचिवमा नियुक्त गरेका थिए ।

तर उनकै कार्यकालकै दौरान खेलकुद ऐन परिवर्तनको तयारीमा छ । प्रस्तावित ऐनमा सदस्य सचिव सिलवालले गम्भिर असहमती जनाएका छन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

शेख दाजु भाइको सानदार ब्याटिङ

शेख दाजु भाइको सानदार ब्याटिङ

लगातार बेञ्चमा कुशल

लगातार बेञ्चमा कुशल

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

नेपालले जित्यो

नेपालले जित्यो