एजेन्सी । थिसरा परेराले श्रीलंकाको टी-ट्वान्टी टिममा पुनरागमन गरेका छन् ।
वेष्ट इण्डिजविरुद्धको टी-ट्वान्टी सिरिजका लागि श्रीलंकाले घोषणा गरेको टिममा परेरा अटाएका छन् । भारतविरुद्धको सिरिजमा परेरा टिममा थिएनन् ।
यस्तै नुवान प्रदिप र शेहन जयसूर्याले पनि टिममा पुनरागमन गरेका छन् ।
ओपनर दनुस्का गुणाथिलका भने चोटको कारण टिम बाहिर रहेका छन् ।
श्रीलंकाले पाहुना टोलीसँग घरेलु मैदानमा दुई खेलको सिरिज खेल्नेछ । पहिलो खेल मार्च ४ मा सुरु हुनेछ ।