काठमाडौं । दोस्रो संकरणको हिमालय क्रिकेट लिग ( एचसिएल ) अन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो दिन काठमाडौं क्रिकेट ट्रेडिङ सेन्टर (केसीटिसी) ले ओसिस क्रिकेट एकेडेमीविरुद्ध अग्रता बनाएको छ ।
मुलपानी क्रिकेट मैदानमा बिहिबारको खेल सकिदा ओसिसविरुद्ध केसीटिसीले १ सय ४६ रनको अग्रता बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको केसीटिसीले पहिलो इनिङ्समा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो ।
केसीटिसीका लागि ओपनर ब्याट्सम्यान विपिन आचार्यले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै राहुल भण्डारीले ४२ तथा विबेक राना मगरले २७ रन जोडे । ओसिसका सचिन शर्माले ४ तथा सुमित श्रेष्ठ र आयुश बानियाले २/२ विकेट लिए ।
केसीटिसीलाई अलआउट गरेको आफ्नो पहिलो ईनिङ्स सुरु गरेको ओसिसले पहिलो दिनको खेल सकिदासम्म ५ विकेट गुमाएर ४४ रन बनाएको छ । उसका रोशन पुलामी २० रनमा अविजित रहेका छ । केसीटिसीका सुर्य तामाङले ३ विकेट लिए ।