काठमाडौं । जर्मन ओपन तेक्वान्दो च्याम्पियनसिप (जि–२) मा निर्णायकको भूमिका निर्वाह गर्न निर्णायकद्वय अशोक खड्का र दीपेन्द्र ढकाल शुक्रबार जर्मनीको ह्याम्बर्ग जाने भएका छन् ।
प्रतियोगिता फेब्रुअरी २९ देखि मार्च १ तारिखसम्म हुने छ । अशोक उक्त प्रतियोगिताको गत संस्करणमा पनि निर्णाकका रुपमा सहभागी भएका थिए ।
दुवैले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
दीपेन्द्रसंग चीनमा भएको आर्मी ओलम्पिक खेलकुदमा पनि निर्णायकको भूमिका निर्वाह गरेको अनुभव छ ।