एजेन्सी । भारतको चर्चित लिग इण्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टिम सनराइजर्स हैदरावादको कप्तानी अष्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले गर्ने भएका छन् ।
हैदरावादले आउने सिजनको लागि वार्नरलाई कप्तान चयन गरेको हो ।
वार्नरले यस अघि सन् २०१६ सम्म हैदरावादको कप्तानी गरेका थिए । तर, बल टेम्परिङको आरोपमा अन्तराष्ट्रिय क्रिकेटबाट प्रतिबन्धमा परेपछि हैदरावादले उनलाई कप्तानीबाट हटाएको थियो ।
वार्नरपछि न्युजिल्याण्डका केन विलियम्सनले कप्तानी सम्हालेका थिए । वार्नरको कप्तानीमा रहेको हैदरावादले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो ।
आउने संस्करणमा हैदरावादले साविक विजेता मुम्बई इण्डियन्ससँग पहिलो खेल खेल्दै छ ।
तर, वार्नर र विलियम्सनले भने सुरुवाती खेल गुमाउन सक्ने छन् । अष्ट्रेलिया र न्युजिल्याण्डको एकदिवसीय अन्तराष्ट्रिय खेल तालिका रहेको कारण यी दुई महत्पूर्ण खेलाडीले सुरुवाती खेल गुमाउन सक्ने भएका हुन् ।