सोमबार, मंसिर ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

कोरोनाबाट बच्न नेपाली खेलाडीलाई 'एन-९५' माक्स

बिहिबार, फागुन १५, २०७६खेलपाटी संवाददाता
कोरोनाबाट बच्न नेपाली खेलाडीलाई 'एन-९५' माक्स
Classic Tech Internet Ad

काठमाडौं । एसीसी ईस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा सहभागिता जनाउने नेपाली राष्ट्रिय टिम आज (बिहिबार) थाइल्याण्ड जाँदै छन् ।

प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको नेपाली टिम लायन एयरवेजबाट दिउँसो ३ बजे त्यसतर्फ प्रस्थान गर्ने छन् ।

चीनमा महामारीको रूप लिएको र विश्वका थुप्रै देशमा फैलिदै गरेको कोरोना भाइरस प्रतियोगिता आयोजक थाइल्याण्डमा समेत देखिएको छ ।

कोरोनाले गर्दा प्रतियोगिता र आयोजकमा प्रश्न उठेको थियो । किनभने प्रतियोगितामा सहभागी देशमा कोरोना संक्रमित संख्या बढ्दो छ । आयोजक थाइल्यान्डमा ३७ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

कोरोनाका कारण प्रतियोगिता समेत दुई हप्ता अघिसम्म हुने वा नहुने निश्चित थिएन । एसियन क्रिकेट काउन्सिल र थाइल्याण्ड क्रिकेट संघले स्थानीय स्वास्थ्य अधिकारीसँग छलफल गर्दै प्रतियोगिता आयोजना गर्न कुनै समस्या नहुने बताएपछि प्रतियोगिता हुने निश्चित भएको थियो ।

तर, कोरोनाकै कारण चीन, भुटान र म्यानमारले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए ।

होटल र प्रतियोगिता स्थल बाहेक अन्य ठाउँमा जान नपर्ने भएको कारण प्रतियोगितामा सहभागी टिमका खेलाडीलाई कोरोना सर्ने डर निकै कम रहेको बताईएको छ । तर, कोरोनाबाट बच्न नेपाली टिमले पनि सावधानी अपनाउने भएको छ ।

यस्तै कोरोनाको संक्रमणबाट जोगिन नेपाली टिमका खेलाडीले 'एन-९५' माक्सको प्रयोग गर्नेछ ।

'कोरोनाबाट बच्न नेपाली टिमले 'एन-९५ नाइन फाइभ' माक्सको प्रयोग गर्नेछन्,' राष्ट्रिय टिमका फिजियो बिक्रम न्यौपानेले खेलपाटीलाई भने, 'सबैले एयरपोर्ट देखि होटल जाँदा र होटलबाट खेल मैदान यो मास्कको प्रयोग गर्ने छन् ।'

प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने यस प्रतियोगिता एसिया कप छनोट पनि हो । प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

नेपालले फेब्रुवरी २९ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै मार्च १ मा हङकङसँग खेल्दा मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दृष्टिविहीन महिला टी २० विश्वकपमा नेपाल फाइनलमा पराजित

दृष्टिविहीन महिला टी २० विश्वकपमा नेपाल फाइनलमा पराजित

नेपाली यु–१९ टोलीसँग जोडिए मुख्य प्रशिक्षक स्टुअर्ट

नेपाली यु–१९ टोलीसँग जोडिए मुख्य प्रशिक्षक स्टुअर्ट

टी–२० विश्वकप : नेपाल ‘ग्रुप अफ डेथ’ मा !

टी–२० विश्वकप : नेपाल ‘ग्रुप अफ डेथ’ मा !

Bajaj Pulsar Motorcycle Ad
विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

सिरिजंघाको विजयी सुरुआत

सिरिजंघाको विजयी सुरुआत

 कुन्वरवर्ती र नवीनलाई  यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

कुन्वरवर्ती र नवीनलाई यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

 चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने  !

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने !

बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि

बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

एनपीएलमा सट्टाबाजी, धमाधम पक्राउ पर्दै भारतीय नागरिक

एनपीएलमा सट्टाबाजी, धमाधम पक्राउ पर्दै भारतीय नागरिक