काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उद्घाटन खेलमा साविक विजेता ललितपुर पेट्रियट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ ।
ईपीएलले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो खेलमा ललितपुर र पोखरा भिड्ने भएका हुन् । उद्घाटन खेल चैत १ गते टियु क्रिकेट मैदानमा हुनेछ ।
पहिलो दिन एक खेल हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ । तर, लिग चरणको अन्तिम दुई खेल भने हरेक दिन हुनेछ ।
सिंगल राउण्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलको लागि क्वालिफायर खेल खेल्ने छ ।
यस्तै लिगको तेस्रो र चौथो टिमले इलिमिनेटर खेल्दै क्वालिफायरमा टिमसंग फाइनल प्रवेशको लागि भिड्ने छ ।
ईपीएलको फाइनल खेल चैत १५ गते हुनेछ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुरसंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।
खेल तालिका -