एजेन्सी । घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज अष्ट्रेलियाले जितेको छ ।
केप टाउनमा बुधबार राति तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा दक्षिण अफ्रिकालाई ९७ रनले हराएर अष्ट्रेलियाले सिरिज २-१ ले आफ्नो बनाएको हो ।
अष्ट्रेलियाले दिएको १ सय ९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका १५ ओभर ३ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो ।
दक्षिण अफ्रिकाका भान डेर डुसेनले २४ रन जोड्दा हेन्रिच कलासेनले २२ रन जोडे । डेभिड मिल्नर १५ रनमा आउट भए । अष्ट्रेलियाका मिचेल स्टार्क र एस्टन अगरले ३/३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन जोडेको थियो ।
अष्ट्रेलियाका कप्तान आरोन फिन्च र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । वार्नरले ५७ रन जोड्दा फिन्चले ५५ रन बनाए । स्टिभ स्मिथ २० रनमा अविजित रहे ।
यस अघि पहिलो खेलमा अष्ट्रेलिया १ सय ७ रनले विजयी भएको थियो । दोस्रो खेल भने दक्षिण अफ्रिकाले १२ रनले जितेको थियो ।