एजेन्सी । जिम्बावेविरुद्धको एक मात्र टेष्टमा घरेलु टिम बंगलादेशले एकै इनिङ्समा जित निकालेको छ ।
ढाकामा मंगलबार बंगलादेशले जिम्बावेलाई एक इनिङ्स १ सय ६ रनले पराजित गरेको हो ।
बंगलादेशले पहिलो इनिङ्समा बनाएको ५ सय ६० रन जिम्बावेले दुई इनिङ्समा समेत पुरा गर्न सकेन ।
पहिलो इनिङ्समा २ सय ६५ रनमा अलआउट भएको जिम्बावे दोस्रो इनिङ्समा १ सय ८९ रन जोड्दा अलआउट भयो । बंगलादेशी बलर चम्किदा जिम्बावेका कप्तान क्रेग इर्भानेले सर्वाधिक ४३ रन बनाए ।
यस्तै मारुमाले ४१ रन जोड्दा शिकन्दर राजाले ३७ रन बनाए । बंगलादेशका नायिम हसनले ५ विकेट लिए । ताइजुल इस्लामले ४ विकेट लिए ।
बंगलादेशले भने पहिलो इनिङ्समा ५ सय ६० रन जोडेर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । बंगलादेशका मुस्फिकर रहिमले २ सय ३ रनको दोहोरो शतकीय इनिङ्स खेले । कप्तान मोमिनुल हकले १ सय ३२ रनको शतकीय इनिङ्स खेले ।
होसेन सान्टुले ७१ तथा लिटोन दासले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । जिम्बावेका ऐन्स्ले एनड्लोवुले २ विकेट लिए ।