काठमाडौं । एथ्लेटिक्स खेलसँग सम्बन्धित प्रतियोगिता आयोजना गर्नका लागि नेपाल एथलेटिक्स संघको स्वीकृति लिनुपर्ने भएको छ ।
नेपाल एथलेटिक्स संघले प्रेस विज्ञप्ति निकाल्दै नेपालमा आयोजना हुने सम्पूर्ण एथलेटिक्ससँग सम्बन्धित प्रतियोगिताको लागि अनिवार्य स्वीकृति लिन आग्रह गरेको छ ।
संघले नेपालका धेरै संघ तथा संस्थाले म्याराथनको नाममा रोड रेस, अल्ट्रा रेस, ट्रेल रेस र म्याराथन जस्ता खेलहरु संघको स्वीकृति बिना अबैधानिक तरिकाले आयोजना हुँदै आईरहेको र अब संघको स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने जनाएको छ ।
'रोड रेस, अल्ट्रा रेस, ट्रेल रेस र म्याराथन जस्ता एथलेटिक्स खेलसँग सम्बन्धित इभेन्टहरु नेपाल एथलेटिक्स संघ स्वीकृति बिना आफु खुसी हुँदै आईरहेको हुँदा अब उप्रान्त संघको स्वीकृति बिना अबैधानिक रहने र बैधानिकताको लागि संघको स्वीकृति अनिवार्य रुपमा लिनु पर्नेछ,' संघका अध्यक्ष राजिब बिक्रम शाहको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ ।
नेपालमा करिब एक दर्जन एथलेटिक्ससँग सम्बन्धित प्रतियोगिता हुने गरेको छ । तर, केहि ठुला प्रतियोगिता बाहेक अन्य प्रतियोगिता संघको स्वीकृति बिनै आयोजना हुने गरेको छ । जसलाई रोक्न संघले नयाँ कदम चालेको हो ।
संघको विज्ञप्ति -