काठमाडौं । दोस्रो संस्करणको हिमालय क्रिकेट लिग ( एचसिएल ) दुईदिवसीय क्रिकेट प्रतियोगिताको चौंथो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर(केसीटिसी) ले अग्रता बनाएको छ ।
मुलपानी क्रिकेट मैदानमा आइतबार बालुवाटार क्रिकेट क्लबविरुद्ध केसीटिसीले १ सय ७ रनको अग्रता बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बालुवाटारले पहिलो इनिङ्समा अलआउट हुँदै ५३ रन बनाएको थियो । बालुवाटारका सागर थापाले ११ रन बनाउँनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बालुवाटारलाई सस्तैमा समेट्न केसीटिसीका तिलक भण्डारीले ५ विकेट लिए । यस्तै सुर्य तामाङले ३ विकेट लिएका थिए ।
बालुवाटारलाई सस्तैमा समेटेर पहिलो इनिङ्स थालेको केसीटिसीले ९ विकेटको क्षतिमा २ सय १ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
केसीटिसीका लागि विपिन आचार्यले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सचिन लाखहले ३६ तथा सुर्य तामाङ २६ रनमा अविजित रहे ।
बालुवाटारका राजन जिसी र दिनेश जंग बुढा मगरले समान ३/३ विकेट लिएका थिए ।
केसीटिसी इनिङ्स समाप्तिको घोषणापछि दोस्रो इनिङ्स थालेको बालुवाटारले ५ विकेट गुमाएर ४२ रन बनाएको छ ।