काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को 'एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड' को घोषणा चैत तेस्रो साता आयोजना हुने भएको छ ।
सिप्यानले आइतबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको अवार्ड कार्यक्रम चैत २१ गते प्रदान गरिने जानकारी गराएको छ ।
सिप्यानले यस पटक पनि पाँच विधामा अवार्ड प्रदान गरिने जनाएको छ ।
सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदयीमान खेलाडी, वर्षको उत्कृष्ट क्षण अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने जनाएको छ ।
वर्ष क्रिकेट खेलाडी पुरुष र महिलाले अवार्डसंगै नगद १ लाख ३२ हजार प्राप्त गर्ने छन् । अन्य चार विधाका विजेताले समान ६६ हजार नगद पुरस्कार पाउनेछन् ।
अवार्डको लागि सिप्यानले खेलाडी छनोटका प्राविधिक समिति गठन गर्ने जनाएको छ । यस्तै एक पुराना खेलाडीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड र समर्थकहरुको भोटको आधारमा वर्षको उत्कृष्ट क्षण अवार्ड दिईने बताईएको छ ।