काठमाडौं । विश्व प्रख्यात फुटवेयर कम्पनी न्यु ब्यालेन्सको 'रोड टु एनफिल्ड' योजनाको पाँच भाग्यशाली विजेताको घोषणा गरिएको छ ।
न्यु ब्यालेन्सको नेपालको आधिकारिक विक्रेता भाट भटेनी होल्डिङ कम्पनीले बिहिबार पाँच भाग्यशाली विजेता छनोट गरेको हो ।
लक्की ड्रबाट छनोट गरिएको भाग्यशाली विजेतामा पोखराका गुमान सिंह गुरुङ, मोरङका सन्दीप सिवाकोटी, भक्तपुरका कुमार केसी, भक्तपुरका रिबेक मान मानन्धर र बुटवलका राजन आले रहेका छन् ।
पाँच भाग्यशाली विजेताले लिभरपुलको घरेलु मैदानमा हुने क्रिस्टल प्यालेसविरुद्धको खेल हेर्न पाउने छन् । पाँच विजेताको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने छन् ।
'रोड टु एनफिल्ड' योजनाको विजेताको लक्की ड्र नेपाल खेलकुद पत्रकार मंचका प्रथम उपाध्यक्ष सन्जिब शिल्पकार, फुटबलका सुजल श्रेष्ठ, क्रिकेटका पूर्व कप्तान पारस खड्का, बास्केटबलकी सदिना श्रेष्ठ, टेनिसकी प्रेरणा कोइराला लगायतले गरेका थिए ।
'रोड टु एनफिल्ड' योजना ३ सय ३७ जनाको सहभागिता रहेको थियो ।