काठमाडौं । तेक्वान्दोकी निमा गुरुङ र प्याराग्लाइडिङका विमल अधिकारीले 'एनएनआईपीए सर्वोकृष्ट खेलाडी' अवार्ड जितेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले मंगलबार आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा महिलातर्फ निमा र पुरुषतर्फ विमल सर्वोकृष्ट खेलाडी चुनिएका हुन् ।
एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्ने २८ खेलाडीमध्येबाट निमा र विमल सर्वोत्कृष्ट भएका हुन् । सर्वोकृष्ट चुनिएसँगै निमा र विमलले १/१ लाख प्राप्त गरे ।
अवार्डमा निमाले तेक्वान्दो र विमल प्याराग्लाइडिङतर्फको उत्कृष्ट खेलाडी अवार्ड समेत जितेका थिए । उत्कृष्ट वापत उनीहरुले १०/१० हजार प्राप्त गरे ।
यस्तै भलिबलकी सरस्वती चौधरी र एथलेटिक्सका अजितकुमार यादवले उदयमान खेलाडीको अवार्ड जिते । अवार्डसँगै सरस्वती र अजितले समान ५० हजार रुपैयाँ प्राप्त गरे । सरस्वतीले भलिबल र अजित एथलेटिक्सको उत्कृष्ट खेलाडी अवार्ड समेत जितेका थिए ।
यस्तै अवार्ड कार्यक्रममा विभिन्न २८ खेलका उत्कृष्ट खेलाडीलाई 'एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी' अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडी अवार्ड पाउने २८ खेलका प्रत्येक खेलाडीले जनही १०/१० हजार नगद प्राप्त गरे ।
बसन्तपुर डबलीमा आयोजित अवार्ड कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्बाडबाट बक्सिङ प्रशिक्षक मदन गुरुङ सम्मानित भए । उनले ३५ हजार प्राप्त गरे ।
पारा खेलकुदको अवार्ड बोसिया खेलकी महिमा कोइरालाले जितिन् ।
एनएनआईपिए पत्रकारिता पुरस्कारबाट राजेन्द्र चित्रकार सम्मानित भए । उनले २५ हजार प्राप्त गरे । यस्तै खेल पत्रकार प्रज्वल ओलीलाई सम्मान गरिएको थियो ।
एनएनआईपीएले गत वर्ष इन्डोनेसियामा आयोजना भएको १८ औं एसियन गेम्समा सहभागिता जनाएको खेल र प्रदर्शनको आधारमा २८ खेलका एक एक उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरेको हो ।
उत्कृष्ट खेलाडी अवार्ड विजेता -
फुटबल- भरत खवास
पौडी- सुभम श्रेष्ठ
भलिबल- सरस्वती चौधरी
टेबल टेनिस- नविता श्रेष्ठ
सुटिङ- सुस्मिता नेपाल
बक्सिङ- पुनम रावल
प्याराग्लाइडिङ- विमल अधिकारी
भारोत्तोलन- संजु चौधरी
लन टेनिस- प्रेरणा कोइराला
कबड्डी- मेनुका कुमारी राजवंशी
फेन्सिङ- ओमकार सिंह
स्क्वास- अमृत थापा मगर
सेपाताक्रो- रोशन तामाङ
स्पोर्ट्स क्लाईम्बिङ- पेम्बा शेर्पा
पेन्कक सिलात- गोविन्द चौधरी
कुराश - उपेन्द्र थापा
रोलर स्पोर्ट्स- मिलन शाह ठकुरी
बास्केटबल- मनिष राज उपाध्याय
तेक्वान्दो- निमा गुरुङ
ब्याडमिन्टन- दिपेश धामी
ट्रायथलन- बसन्त थारु
कराते- विजय श्रेष्ठ
जुडो- इन्द्र बहादुर श्रेष्ठ
उसु- जुनी राई
आर्चरी- तिलक पुन मगर
एथलेटिक्स- अजित कुमार यादब
गल्फ- टंक बहादुर कार्की
कुस्ती- रमेश गौतम
सर्वोकृष्ट खेलाडी महिला - निमा गुरुङ (तेक्वान्दो)
सर्वोकृष्ट खेलाडी पुरुष - विमल अधिकारी (प्याराग्लाइडिङ )
उदयमान खेलाडी महिला - सरस्वती चौधरी (भलिबल)
उदयमान खेलाडी पुरुष - अजित कुमार यादव (एथलेटिक्स)
गजराज आदर्श खेलाडी अवार्ड - बक्सिङ प्रशिक्षक मदन गुरुङ
स्पोर्ट्स जर्नालिस्ट अवार्ड - राजेन्द्र चित्रकार