काठमाडौं । नेपालमा पहिलो पटक मसल मेनिया बडी बिल्डिङ प्रतियोगिता असोज १० गते हुने भएको छ ।
खरेल अर्गनाइजेसनले अमेरिकाको फ्रेन्च चाइजबाट मान्यता प्राप्त प्रतियोगिताको असोजको दोस्रो साता आयोजना गर्ने पक्का भएको हो ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शारीरिक सुगठन खेलाडीको क्षमता बढाउन प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिईयो ।
खरेल अर्गानाइजेसनका निर्देशक सज्ञान खरेलले शारीरिक सुगठन खेलाडीलाई एक्सपोजर प्रदान गर्न बडी बिल्डिङ आयोजना गर्न लागिएको बताए ।
प्रतियोगितामा ५ अन्तराष्ट्रिय जर्जबाट विजेता छनोट गरिनेछ ।
प्रतियोगितामा मसल मेनिया नेपाल क्लासिक, नेपाल फिजिक, मोडल च्याम्पियनशिप, फिगर नेपाल र यू–२२ गरि पाँच विधा समावेश गरिएको छ ।
विजेताले १३ डिसेम्बरमा सिंगापुरमा हुने ‘मसल मेनिया एसियामा समेत प्रतिस्पर्धा गर्न पाउने छन् ।
पाँचै विधाका उत्कृष्ट विजेतालाई आयोजकले निशुल्क सिगापुर लैजाने तय भएको छ । सन् १९९१ मा मसल मेनियाको सुरुवात भएको हो ।