विराटनगर । प्रदेश ५ ले दोस्रो संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई टाइब्रेकरमा ५–३ गोलमा पराजित गर्दै उपाधि जितेको हो ।
खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । प्रदेश ५ का सारु लामा, मनिष गुरुङ, रोहित लामा, रिसु कुमार र शशी दर्लामीले गोल गरे । गण्डकीका गणेशसिंह ठगुना, श्रवण कुमार र सुमितकुमार कामीले गोल गरे भने सागर आचार्य र किसनबहादुर मागरले गोल गर्न सकेनन् ।
उपाधिसँगै प्रदेश ५ ले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता गण्डकीले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगितामा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई ६–० गोलमा पराजित गरेर तेस्रो स्थान हासिल गरे । आर्मीको लागि रोमन रानाले चार गोल गरे । यस्तै नरेन्द्र कार्की र राम साहले एक एक गोल गरे । तेस्रो भएको आर्मीले १५ हजार प्राप्त गरे ।
प्रतियोगिताको उदयीमान खेलाडी गण्डकीका पिताम्बर थापा, सर्वाधिक गोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट गोलरक्षक कार्तिक गुरुङ र सर्वोत्कृष्ट खेलाडी गण्डकीका सुमितकुमार कामीले जनही नगद ५ हजार रुपैयाँ पुस्कार पाए ।
खेलाडीलाई प्रदेश १ नेपाली कांग्रेसको संसदीय दलका नेता राजीव कोइराला, नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइराला, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बाँनियालगायतले पुरस्कार वितरण गरेका थिए ।
विनायकलाई उपाधि
नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको थियो ।