काठमाडौं । मेक्सिको मा फेब्रुअरी ६ देखि ९ तारिख सम्म पुयर्ट्रो भालाट्रा सहरमा आयोजना हुने र्याङकिङ गेम मेक्सिको ओपन जि वान अन्तर्राष्ट्रिय ग्यारोगी, पुम्से र पारा विधा को प्रतियोगिता को लागि निर्णायक को भुमिका निर्बाह गर्नको लागि अशोक खड्का मङलबार मेक्सिको प्रस्थान गर्दैछन ।
अशोकलाई नेपाल तेक्ववान्दो सघका उपाध्यक्ष भानबहादुर चन्दले एक कार्यक्रमका बीच नेपाल तेक्वान्दो संघ को केन्द्रिय कार्यालय सात्दोबाटोमा बिदाइ गरेका थिए।
अशोक तेक्वान्दोका ग्यारोगी, पुम्से र पारा तीन बिधाका नेपालका एक मात्र अन्तर्राष्ट्रिय निर्णायक हुन्।