एजेन्सी । इंग्ल्यान्डका बलर जोफ्रा आर्चरले दक्षिण अफ्रिकाविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिज गुमाउने भएका छन् ।
चोटका कारण आर्चरले तीन खेलको टी-ट्वान्टी सिरिज गुमाउने भएका हुन् । दाहिने हातको कुहिनाको चोटको कारण २४ वर्षीय बलर आर्चरले टी-ट्वान्टी गुमाउने भएका हुन् ।
आर्चरले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेष्ट खेलेका थिए । तर, त्यसपछिका तीन खेल उनले गुमाएका थिए ।
उनको स्थानमा इंग्ल्यान्डले साकिब महमुदलाई टिममा बोलाएको छ ।
दक्षिण अफ्रिकाले फेब्रुवरी १२ देखि १६ सम्म टी-वनति सिरिज खेल्नेछ । त्यसअघि तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।