एजेन्सी । पाहुना टोली भारतले तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्याण्डलाई जितका लागि १ सय ८० रनको लक्ष्य दिएको छ ।
ह्यमिल्टनमा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनायो ।
भारतको लागि रोहित शर्माले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । २३ बलमा अर्धशतक बनाएका रोहितले ४४ बलमा ३ छक्का र ६ चौका प्रहार गरे । यस्तै कप्तान विराट कोहली ३८ रनमा आउट हुँदा लोकेश राहुलले २७ रन बनाए ।
भारतलाई कम स्कोरमा रोक्न न्युजिल्याण्डका हामीस बेन्नेटले ३ विकेट लिए ।
घरेलु टोलीविरुद्धको पाँच खेलको सिरिजमा भारत २-० को अग्रता बनाएको छ । भारतले पहिलो खेलमा न्युजिल्याण्डलाई ६ विकेट र दोस्रो खेलमा ७ विकेटले हराएको थियो ।