काठमाडौं । टेष्ट राष्ट्र अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद साहजादले चितवन टाइगर्सबाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका छन् ।
चितवनले बुधबार प्रेस विज्ञप्ति निकाल्दै पहिलो विदेशी खेलाडीको रुपमा साहजाद टिममा अनुबन्धित भएको जनाएको छ ।
चितवनले यस संस्करणको लागि साहजादलाई भित्राउन पाउँदा निकै उत्साहित भएको समेत जनाएको छ ।
साहजादसँग बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र आबुधाबी टी-१० खेलेको अनुभब समेत रहेको छ ।
गत संस्करणको ईपीएलमा चितवनबाट आयरल्याण्डका पाउल स्टर्लिङ र इंग्ल्याण्डक जोन सिम्सन रहेका थिए ।
चौंथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।
यस अघि भैरहवा ग्लाडीयटर्सले वेष्ट इण्डिजका ड्वेन स्मिथलाई अनुबन्ध गरिसकेको छ ।