एजेन्सी । घरेलु टोली जिम्बावेविरुद्धको पहिलो टेष्ट क्रिकेटमा श्रीलंका विजयी भएको छ ।
हरारेमा बिहिबार राति सकिएको खेलमा श्रीलंकाले घरेलु टोलीलाई १० विकेटले हराएको हो ।
जितसँगै दुई खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ५८ रन बनाएको थियो ।
एन्जेलो म्याथ्युजको दोहोरो शतकमा श्रीलंकाले पहिलो इनिङ्समा ५ सय १५ रन बनाएको थियो । प्लेयर अफ दि म्याच समेत बनेका म्याथ्युजले अविजित २०० रन बनाए ।
दोस्रो इनिङ्समा जिम्बावे १ सय ७० रनमा अलआउट भएपछि श्रीलंकाले १४ रनको लक्ष्य पाएको थियो । १४ रनको लक्ष्य श्रीलंकाले ३ ओभरमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।
कप्तान दिमुथ करुनारत्ने १० रनमा अविजित रहदा फर्नान्डोले अविजित ४ रन बनाए ।