काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी विश्व वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा अनुसार नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको हो । नयाँ वरियतामा नेपालले २४ खेलमा १ सय ९२ रेटिङ पाएको छ ।
यसअघि पनि नेपाल टी-ट्वान्टीतर्फ १२ औं स्थानमै रहेको थियो । टी-ट्वान्टीतर्फ नेपालको सर्वाधिक उच्च वरियता ११ औं स्थान हो ।
विश्व वरियतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ ।
यस्तै टी-ट्वान्टीको खेलाडी वरियताको ब्याटिङतर्फ नेपालका पूर्ण कप्तान पारस खड्का ६० औं स्थानमा रहेका छन् । बलिङतर्फ एक स्थान सुधार गरेका सन्दीप लामिछाने ८३ औं स्थानमा छन् ।
अलराउण्डतर्फ भने पारसको २ स्थान तल झर्दा २७ औं स्थानमा रहेका छन् भने सोमपाल एक स्थान सुधार गर्दै ६७ औं स्थान बनाउन सफल छन् ।
करण केसी समेत अलराउण्डरतर्फ एक स्थान तल झर्दै ७६ औं स्थानमा रहेका छन् ।
एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।