एजेन्सी । भारतीय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान शिखर धवन भारतीय क्रिकेट टिमबाट बाहिरिएका छन् ।
भारतले घोषणा गरेको टी-ट्वान्टी र एकदिवसीय टिममा धवन परेका छैनन् । भारतले न्युजिल्याण्डसँगको टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि घोषणा गरेको टिममा धवन नपरेका हुन् ।
टी-ट्वान्टीका लागि धवनको स्थानमा सन्जु सामसन र एकदिवसीयका लागि पृथ्वी शलाई टिममा राखिएको छ । न्युजिल्याण्डविरुद्ध मैदान उत्रन पाए पृथ्वीले एकदिवसीयमा डेब्यु गर्ने छन् ।
भारतले न्युजिल्याण्डसँग पाँच खेलको सिरिज खेल्नेछ । यस्तै तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
धवन चोटको कारण टिममा नपरेका हुन् । धवनले कुमको चोट बोकेका छन् । बैंगलोरमा रहेको नेसनस क्रिकेट एकेडमीमा उनको उपचार भईरहेको छ ।