धनगढी । क्रिकेटको शहर धनगढीमा पहिलो संकरणको अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रिकेट क्लबको व्यवस्थापनमा माघ १० गतेदेखि १७ गतेसम्म धनगढीमा प्रतियोगिता हुने भएको हो ।
आयोजक समितिले सोमबार प्रतियोगितामा सहभागी हुने टिम र टिमको जर्सी समेत सार्वजनिक गरेको छ । सहभागी ८ विद्यालयका टिमका लागि विभिन्न ८ वटा व्यवसायिक संस्थाले जर्सी प्रायोजन गरेका छन् ।
प्रतियोगितामा सहभागी व्रोडभिजन एकेडेमीलाई माया मेट्रो हस्पिटल, एरिष्टो ईङलिस स्कुललाई निसर्ग हस्पिटल, त्रिभुवन माविलाई एडभेन्चर वेष्ट होलिडेज र राष्ट्रिय तुलसीराम माविलाई केटिएम डुकले जर्सी प्रायोजन गरेका छन् । त्यसैगरी शारदा माविलाई सुदुरपश्चिमाञ्चल एकेडेमी, लिटल फ्लावर स्कुललाई ड्रिम एजुकेशन कन्सल्टेन्सी, क्यास्पीयन एकेडेमीलाई कैलाली अस्पताल र धनगढी नमूना माविलाई रैका टुर्स एण्ड ट्राभल्सले प्रायोजन गरेका छन् ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता संघीय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।