एजेन्सी । भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को कन्ट्रयाक्ट खेलाडीको सूचीबाट बाहिरिएका छन् ।
बीसीसीआईले बिहिबार सार्वजनिक गरेको खेलाडीको सेन्ट्रल कन्ट्रयाक्ट सूचीमा धोनी नपरेका हुन् ।
बीसीसीआईले सन् २०१९-२० को लागि २७ खेलाडीलाई चार श्रेणीमा विभाजन गर्दै खेलाडीको सूची बनाएको छ । तर, धोनी कुनै पनि श्रेणीमा अटाएका छैनन् ।
यस अघि धोनी 'ए' श्रेणीमा रहेका थिए । धोनीले पछिल्लो पटक भारतबाट २०१९ मा एकदिवसीय विश्वकप खेलेका थिए ।
यस अघि धोनी 'ए' श्रेणीमा रहेका थिए । धोनीले पछिल्लो पटक भारतबाट २०१९ मा एकदिवसीय विश्वकप खेलेका थिए ।
बीसीसीआईले निकालेको सूचीको 'ए' प्लस श्रेणीमा कप्तान विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह रहेका छन् । उनीहरुले ७ करोड भारु पाउने छन् ।
यस्तै 'ए' श्रेणीमा रविन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, रविचन्द्रन आश्विन, अजिन्का रहाने, शिखर धवन, मोहम्मद शामी, इशान्त शर्मा, कुलदिप यादव, ऋसव पन्त र लोकेश राहुल रहेका छन् । उनीहरुले ५ करोड भारु पाउने छन् ।
'बी' श्रेणीमा उमेश यादव, युजभेन्द्र चाहल, हार्दिक पाण्डे, ऋद्दिमन शाह र मायांक अग्रवाल रहेका छन् । उनीहरुले २ करोड पाउने छन् ।
त्यस्तै 'सी' श्रेणीमा मनिस पाण्डे, हनुमान विहारी,केदार जादव, नवदिप सैनी, दिपक चाहर, शार्दलु ठाकुर, श्रेयस अएर र वासिंगटन सुन्दर छन् । यस श्रेणीकाले १ करोड भारु पाउने छन् ।
खेलाडीको कन्ट्रयाक्ट २०२९ को अक्टोबर देखि सेप्टेम्बर २०२० सम्म रहनेछ ।