काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई जितका लागि २ सुय ३० रनको लक्ष्य दिएको छ ।
इनरुवा रंगशालामा बिहिबार टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभरमा अलआउट हुँदै २ सय २९ रन बनायो ।
पुलिसको उच्च योगफलमा दिपेन्द्र सिंह ऐरीले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ललित भण्डारीले ४० रन बनाए ।
त्यस्तै अनिल साहले ३१, योगेन्द्र सिंह कार्कीले २९ तथा कुशल भुर्तेलले १७ रन बनाए ।
सुदूरपश्चिमका शेर मल्ल, आकाश चन्द र विनोद लामाले ३/३ विकेट लिए ।
आज दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेका छन् ।
विजेता टोलीले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मी प्रदेश-३ लाई ६४ रनले पराजित गर्दै फाइनल पुगिसकेको छ ।