शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ए डिभिजन लिग : सातौं चरणमा कुन कुन टिम भिड्दै ?

बिहिबार, ०२ माघ २०७६खेलपाटी संवाददाता
ए डिभिजन लिग : सातौं चरणमा कुन कुन टिम भिड्दै ?
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत सातौं चरणका खेल भोली शुक्रबारबाट सुरु हुँदैछ ।

लिगको छैटौं चरण सकिएको दुई दिनपछि पुनः सातौं चरणको खेल सुरु हुन लागेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले सातौं चरणको खेल तालिका सार्वजनिक गरिसकेको छ ।

सातौं चरणका सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

सातौं चरणको पहिलो दिन एक मात्र खेल हुनेछन् । पहिलो दिन शुक्रबार लिग लिडर मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ ।

दिउँसो ३ बजे सुरु हुने खेलमा मछिन्द्र शेर्पालाई हराउँदै आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने योजनामा हुनेछ । लिगमा अपराजित मछिन्द्रले १३ अंक जोडेको छ । लिगमा मछिन्द्रले ६ खेलमा ४ जित र २ बराबरी खेलेको छ ।

शेर्पा लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ । १३ औं स्थानको शेर्पाले ६ खेलमा २ हार र ४ बराबरीसहित ४ अंक जोडेको छ ।

लिगको दोस्रो दिन शनिबार दुई खेल हुनेछ । अपरान्ह १२ बजे हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगको ६ खेलमा ९ अंक जोडेको जावलाखेल पाँचौं स्थानमा रहेको छ । ६ खेलमा ८ अंक जोडेको पुलिस लिगको सातौं स्थानमा रहेको छ ।

शनिबार दिउँसो तीन बजे दुई ठुला क्लब भिड्ने छन् । साविक विजेता तथा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

चिरपरिचित दुई प्रतिद्वन्द्वीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । तेस्रो स्थानको मनाङ थ्री स्टारलाई हराएर उपाधि होड कायम राख्न चाहन्छ । लिगमा अपराजित रहेको मनाङले ६ खेलमा १२ अंक जोडेको छ ।

यत, थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ । थ्री स्टार मनाङलाई हराएर शीर्ष तीनमा उक्लने योजनामा हुनेछ ।

सातौं चरणको खेल अन्तर्गत आइतबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा न्युरोड टिम एनआरटी र एपीएफ क्लबबीच खेल हुनेछ । एनआरटी ८ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ । एपीएफ ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

आइतबार हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ । फ्रेन्ड्स ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ । सरस्वती भने १ अंक जोडेर पुछारमा रहेको छ ।

सातौं चरणको अन्तिम दिन सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र संकटा क्लबबीच खेल हुनेछ । ब्रिगेड ७ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ । ८ अंक जोडेको संकटा आठौं स्थानमा रहेको छ ।

सातौं चरणको अन्तिम खेलमा च्यासल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । आर्मी १३ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । च्यासल ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

 

खेल तालिका :

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

रोनाल्डोलाई लिन चाहँदैन युनाइटेड !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित