एजेन्सी । भारतीय कप्तान तथा ब्याट्सम्यान विराट कोहली अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वर्षको टेष्ट तथा वान डे टिमको कप्तान चुनिएका छन् ।
कोहलीसंगै अन्य चार भारतीय खेलाडी आईसीसीको टेष्ट र वान डे टिममा छानिएका हुन् ।
टेष्ट टिममा दोहोरो शतक प्रहार गर्ने मयंक अग्रवाल परेका छन् । यस्तै, रोहित शर्मा, मोहम्मद शामी र कुलदीप यादव वान डे टिममा परेका छन् ।
कोहलीले सन् २०१९ मा दुवै ढाँचाको क्रिकेटमा उत्कृष्ट प्रर्दशन गरेका थिए ।
उनले टेष्ट क्रिकेटमा सात दोहोरो शतक प्रहार गरेका छन् । उनले पछिल्लो बर्ष अक्टोबरमा दक्षिण अफ्रिकाविरुद्व अविजित २ सय ५४ रन बनाएका थिए ।
अर्का ब्याट्सम्यान अग्रवालले समेत दोहोरो शतक, एक शतक र दुई अर्धशतक प्रहार गरेका थिए ।
मंयकले बंगलादेशविरुद्व करियरकै उत्कृष्ट पाली खेल्दै २ सय ४३ रन बनाएका थिए । वान डे उपकप्तान रोहितले विश्वकपमा पाँच शतक र एक अर्धशतक प्रहार गरेका थिए ।
कुलदीपले दुई ह्याट्रिक विकेट लिएका थिए । उनले वेस्ट ईन्डिजविरुद्व पछिल्लो महिना करियरको दुई ह्याट्रिक पुरा गरे ।
जसप्रीत बुम्राहाको विकल्पमा शामीले पछिल्लो १२ महिनामा २१ वान डेमा ४२ विकेट लिएका थिए ।
बर्ष २०१९ को आईसीसीको टिम (वान डे) : रोहित शर्मा, शाइ होप, विराट कोहली, बाबर आजम, केन विलियम्स, वेन स्टोक्स, जोस बटलर, मिसेन स्टार्क, ट्रेन्ट बोल्ट, मोहम्मद शामी, कुलदीप यादव ।
टेष्ट टिम : मयंक अग्रवाल, टाम लाथम, मार्नस लाबुशेन, विराट कोहली, स्टीभ स्मिथ, बेन स्टोक्स, बी जे वाटलिंग, प्याट कमिन्स, निल वेग्नर र नाथन लियोन ।