एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा अहिले पर्थ स्कोर्चससँग प्रतिस्पर्धा गर्दैछ ।
लिगको दशौँ खेलमा मेलबर्नले पर्थसँग खेल्न लागेको हो । पर्थमा हुने खेल नेपाली समय अनुसार अपरान्ह ३:५५ मा सुरु हुनेछ ।
खेलमा मेलबर्नले टस हारेर पहिले बलिङको निम्तो पाएको छ ।
पर्थविरुद्धको खेलमा सन्दीप प्लेईङ सेटमा परेका छन् । पर्थसँगको खेलका लागि घोषणा गरेको ११ सदस्सीय टिममा सन्दीप परेका हुन् ।
यस सिजन सन्दीपले ८ खेलमा ९ विकेट हात पारिसकेका छन् ।
पर्थसँग मैदान उत्रदा मेलबर्न नवौं जितको खोजीमा हुनेछ ।
मेलबर्न ९ खेलमा ८ जितसहित १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पर्थविरुद्ध जित निकाल्दै मेलबर्न उक्त जितको लय कायम राख्न चाहन्छ ।
पर्थ ९ खेलमा ५ जितसहित १० अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ ।