काठमाडौं । सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले प्रदेश-३ लाई जितका लागि २ सय १७ रनको लक्ष्य दिएको छ ।
इनरुवा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४६ ओभर ३ बलमा अलआउट हुँदै २ सय १६ रन बनायो ।
आर्मीका लागि अनिल मण्डलले सर्वाधिक ४३ रन जोड्दा कुशल मल्लले ३७ रन बनाए । यस्तै रोहित पौडेलले २९ रन बनाउँदा विक्रम सोबले २४ रन बनाए ।
त्यसबाहेक राजेश पुलामीले १७,भिम सार्कीले १५ र सुशन भारीले १३ रन बनाए ।
प्रदेश-३ का गौतम केसीले ४ विकेट लिए । यस्तै तिलक भण्डारी, नन्दन यादव र इशान पाण्डेले समान २/२ विकेट लिए ।
आज दुवै टिम जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ ।
विजेताले उपाधिका लागि नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशको विजेतासँग खेल्नेछ ।