एजेन्सी । घरेलु टिम भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले शानदार जित निकालेको छ ।
मुम्बईमा मंगलबार भएको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको हो ।
भारतले दिएको २ सय ५६ रनको लक्ष्य अष्ट्रेलियाले ३७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।
अष्ट्रेलियाको जितमा ओपनरद्वय डेभिड वार्नर र आरोन फिन्चले अविजित रहदै शतकीय इनिङ्स खेले ।
वार्नरले अविजित १ सय २८ रन जोड्दा फिन्चले अविजित १ सय १० रन बनाए ।
करियरको १८ औं एकदिवसीय शतक बनाउने क्रममा वार्नरले १ सय १२ बलमा १७ चौका र ३ छक्का प्रहार गरे । फिन्चले १ सय १४ बलमा १३ चौका र ३ छक्का प्रहार गरे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ५५ रन बनाएको थियो ।
भारतका शिखर धवनले ७४ रनको अर्धशतकीय इनिङ्स खेले। धवनले ९१ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।
यस्तै लोकेश राहुलले ४७ ऋषब पन्तले २८, रबिन्द्र जडेजाले २५ , कुलदिप यादबले १७ तथा कप्तान विराट कोहलीले १६ रन बनाए ।
अष्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । यस्तै प्याट कमिन्स र केन रिचर्ड्सनले समान २/२ विकेट हात पारे ।
जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।