एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डी भिलियर्सले पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका पूर्व कप्तान भिलियर्सले अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपबाट अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन चाहेको बताएका छन् ।
'म फर्कन चाहान्छु । मैले मार्क बाउचर (दक्षिण अफ्रीकाका प्रशिक्षक), ग्रीम स्मिथ (क्रिकेट निर्देशक) र फाफ डु प्लेसिस (कप्तान) संग कुरा गर्दै आएको छु,' अष्ट्रेलियाको क्रिकेटको वेबसाइटसँग कुरा गर्दै भिलियर्स भने, 'सबै जना मेरो पुनरागमन हेर्न चाहेका छन् ।'
दुई वर्षअघि सन्यास लिएका भिलियर्स अहिले अष्ट्रेलियाको बिग बास लिगमा खेलिरहेका छन् । तर, भिलियर्सको विश्वकप टिममा स्थान बनाउन भने भारतमा हुने इण्डियन प्रिमियर लिग (आईपीएल) को प्रदर्शनले निर्धारण गर्ने छ ।
'अझै धेरै समय बाँकी रहेको छ,' भिलियर्सले भने, 'आईपीएल आउन बाँकी छ, म त्यो समय लयमा हुन जरुरी छ । त्यसैले मेरो नाम सम्भावित खेलाडीको सूचीमा राख्न चाहान्छु । आशा छ सबै ठिक हुन्छ ।'