एजेन्सी । घरेलु टिम भारतले पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई जितका लागि २ सय ५६ रनको लक्ष्य दिएको छ ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ५५ रन बनायो ।
भारतका शिखर धवनले ७४ रनको अर्धशतकीय इनिङ्स खेले। धवनले ९१ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।
यस्तै लोकेश राहुलले ४७ ऋषब पन्तले २८, रबिन्द्र जडेजाले २५ , कुलदिप यादबले १७ तथा कप्तान विराट कोहलीले १६ रन बनाए ।
अष्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । यस्तै प्याट कमिन्स र केन रिचर्ड्सनले समान २/२ विकेट हात पारे ।
भारत भ्रमणमा रहेकोअष्ट्रेलियाले घरेलु टोलीसँग ३ एक दिवसीय खेल खेल्ने छ ।