काठमाडौं । इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन(इन्टा) हङकङका अध्यक्ष राजु खड्काले नेपाली राष्ट्रिय ह्वील चियर तेक्वान्दो टिमलाई खेल पोसाक प्रायोजन गरेको छ ।
नेपाल तेक्वान्दो संघ अन्तर्गत रहेका ह्वील चियरका तेक्वान्दो टिमलाई खड्काले करिब ५० हजार बराबरको खेल पोसाक प्रायोजन गरेको प्रशिक्षक कल्याण कुँवरले जानकारी दिए ।
बुधबार जावलाखेलस्थित नेपाल तेक्वान्दो संघ प्रदेश–३ को कार्यक्रम आयोजित कार्यक्रममा बीच खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको थियो ।
खड्काका प्रतिनिधी सृजिएन गुरुङले उक्त सामाग्री तेक्वान्दो संघ प्रदेश–३ का अध्यक्ष केशव पुरी, पारा तेक्वान्दो प्रशिक्षकद्वय कल्याण कुँवर र कविराज नेगी लामालाई हस्तान्तरण्न गरेका थिए । खड्का हाल हङकङमा रहेकाले उनका प्रतिनिधीले खेल सामग्री प्रदान गरेका हुन् ।
सोही अवसरमा तेक्वान्दो प्रदेश–३ का अध्यक्ष पुरीले खेलाडीलाई नै सामाग्री प्रदान गरे । कार्यक्रममा अध्यक्ष पुरीले देशका खेलाडीलाई हरेक क्षेत्रबाट प्राप्त स–सानो सहयोग नै खेलका लागि ठूलो उत्प्रेरणा मिल्ने विश्व व्यक्त गरे ।