धनगढी । पहिलो सुदूरपश्चिम स्पोर्टस अवार्डको भेनु पाटर्नर धनगढीको ओम प्यालेस भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले शनिबार अवार्डको भेनु पाटर्नरको रुपमा ओम प्यालेसले सम्झौता गरेको हो ।
सम्झौतासँगै पुस १५ गते आयोजना हुने अवार्ड ओम प्यालेसमा हुनेछ । ओम प्यालेसलाई अवार्डमा भेनु पाटर्नरका रुपमा स्थान दिईनेछ ।
ओम प्यालेसका तर्फबाट सुवाश पडाल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका तर्फबाट अवार्डका संयोजक प्रदीप पाठकले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
अवार्ड कार्यक्रममा विभिन्न ६ वटा विधामा अवार्ड प्रदान गरिने छ ।
अवार्ड कार्यक्रममा वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।
चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने छ ।