धनगढी । पहिलो कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्ट्स अवार्डको सह प्रायोजकको रुपमा धनगढीको सिपी हस्पिटल र विशेष अटोमोबाईल्स जोडिएको छ ।
आयोजक नेपाल खेलकद पत्रकार मञ्च कैलालीले शुक्रबार सह प्रायोजकको रुपमा सिपी हस्पिटल र विशेष अटोमोबाईल्ससँग सम्झौता गरेको छ ।
सझौतासँगै अवार्डमा विशेष अटोमोटिभ्सलाई ईनएसोसिएनस विईथ तथा सिपी हस्पिटललाई वुष्ट वाई भनेर अवार्डमा स्थान दिईनेछ ।
सिपी अस्पतालका तर्फबाट अस्पतालका निर्देशक रमेश पाण्डेय र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका तर्फबाट सल्लाहकार दिपक उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यस्तै विशेष अटोमोबाईल्सका सञ्चालक तथा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका तर्फबाट सल्लाहकार दिपक उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
पुस १५ गते आयोजना हुने अवार्ड कार्यक्रममा विभिन्न ६ वटा विधामा अवार्ड प्रदान गरिने छ ।
अवार्ड कार्यक्रममा वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।
चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने छ ।