काठमाडौं । तेस्रो समृद्ध रुकुम फिडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ । तेस्रो चरणको समाप्तीमा शीर्ष सात खेलाडी रोकिएपछि प्रतियोगिताले नयाँ मोड लिएको हो ।
दोस्रो चरणमा नै तेस्रो वरियताका सुमित पन्त पराजित भएका थिए । तेस्रो चरणमा दोस्रो वरियताका मदनकृष्ण कायस्थ बद्रीलाल नेपालीसँग पराजित भए भने चौथो वरियताका सुरविर लामा नविन तण्डुकारसंग पराजित भए ।
त्यस्तै पाचौ वरियताका मिलन लामा पनि सुमन राईसँग पराजित भए । तेस्रो चरणमा नै शीर्ष वरियताका हरिस शर्माले ऋषभ निसाद तथा सुश्रुत दाहालले छैठौ वरियताका कृष्ण थापासंग बराबरी गरे । सोही चरणमा बलराम नापित र सौरभ चोवेको खेल पनि बराबरी भएको थियो ।
प्रतियोगिताको चौथो चरणको समाप्तीमा पूर्व राष्ट्रिय च्याम्पियन बद्रि लाल नेपाली चार अंक सहित शीर्ष स्थानमा छन् । उनको चार अंक छ । चौथो चरणमा उनले सुजना लोहनीलाई हराए । राजन सुबेदी,नविन तण्डुकार, हरिष शर्मा, ऋषभ निसाद र कृष्ण थापाको ३.५ अंक छ ।
चौथो चरणमा राजन र नविन विच बराबरी भयो भने हरिषले सुमन राइ तथा कृष्णले बलराम नापितलाई हराए । यसैगरी, ऋषभले चोथो चरणमा सुश्रुत दाहाललाई हराए ।
स्वीस लिग चरणमा नौ चरणमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी ६६ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता शनीबार सम्पन्न हुने छ ।
रुकुममा चेस खेलको विकासका साथै यहाँको पर्यटकीय महत्वलाई प्रस्फुटित गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक कमिटीका प्रमुख सेर्पालीले वताए । प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैया पुरस्कार पाउने छन् ।