धनगढी । धनगढीमा आयोजना हुने पहिलो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई केटिएम बाइकले प्रायोजन गरेको छ ।
आयोजक खेलकद पत्रकार मञ्च कैलालीले मंगलबार सुदुरपश्चिमका लागि केटिएम बाइकको आधिकारिक विक्रेता वान स्टप अटोवाईल्ससँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
सुदुरपश्चिमका लागि केटिएम बाइकको आधिकारिक विक्रेता वान स्टप अटोवाईल्सका प्रवन्ध निर्देशक अभियान खड्का र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्यायबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतासँगै अवार्डको नाम केटिएम बाइक वर्ष युवा खेलाडी रहनेछ । यस्तै केटिएमले विभिन्न ६ विधामा दिईने अवार्ड अन्तर्गतको वर्ष युवा खेलाडी विधालाई प्रायोजन गरेको हो ।
आगामी पुस १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिईनेछ । वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।
चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।
चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने छ ।