काठमाडौं ।
बुधबार कराँतेको ६८ केजीमाथि कुमुतेमा अनुपमा मगरले स्वर्ण जितिन् ।
एसियन गेम्सकी पाकिस्तानी पदकधारीलाई हराउँँदै अनुमपाले स्वर्ण जितेकी हुन् ।
भनिन्छ, ईतिहास जित्नेकै लेखिन्छ ।
यदी जित्नेको ईतिहास लेख्ने हो भने अनुमपा मगरको ईतिहास छुट्न हुदैन ।
एक ईतिहास उनका बारेमा लेख्न हकै लाग्छ ।
अनुपमाले रचेको ईतिहास माओबादी युद्वको पृष्ठभुमीमा तयार भएको हो ।
एक समय थियाे।
माओबादी जनयुद्व उत्कर्षमा थियो । सर्वहारा वर्गको मुक्तीको नाराले देश रक्ताम्य देखिन्थ्यो । मर्ने र मार्ने खेल सामान्य मानिन्थ्याे ।
युद्वको गाथा मात्र हैन, रक्तिम गित र संगितले गाउँ शहर उछालिएको थियो ।
त्यही नाच गानामा उदयपुर लेखानीमा बाल्यकाल बिताईरहेकी अनुपमा समेत आकर्षित भईन् ।
उमेरले भर्खरै १३ कटेकी थिईन् । पढाईको कक्षा ५ मा टेक्दै थियो । सबै चिज त्यागेर उनी माओबादी युद्वमा होमिने निर्णय लिईन् ।
परिवार उनको सानो थिएन । परिवारमा ६ दिदी बहिनी र ३ दाजु भाई थिए । उनी सन्तानमा माईली थिईन् । परिवारको आर्थिक अवस्था ठिक थिएन । पढ्ने बातावरण पनि भएन ।
अन्यौलग्रस्त भविष्यकाबीच उनको शैशवकालले क्रान्तिमा होमिने जोखिमपुर्ण निर्णय लियो ।
उनले जिल्लामै बसेर संगठनको काम गरिन् । युद्धकालमा पाटी र लडाकुका सामान ओसार्ने काम गरिन् । बाँकी समय नाच गान छदै थियो । संगठनमा रमाईलै थियो ।
तत्कालिन समयमा हरेक ब्यक्तिलाई युद्धमा प्रयोग गर्ने माओबादी रणनीति थियो ।
अनुपमाले ईमान्दार रहेर तत्कालिन समयमा पाटीलाई सहयोग गरिन् । माओबादी क्रान्तिको शारथी बनिन् ।
समय उही रहेन ।
माओबादी युद्धले शान्तिपुर्ण राजनीति अंगिकार गर्ने अवस्थामा पुग्यो । नेतृत्व सहित राता मान्छेहरु शहर पस्न थाले । शान्तिपुर्ण जनआन्दोलनमार्फत देश संविधान निर्माणको राजनीतिक कोर्समा प्रवेश गर्यो ।
लडाकु बस्ने गरि माओबादीको छुट्टा छुट्टै शैन्य डिभिजन खडा भए ।
त्यही समय अनुपमा माओबादीको सातौ डिभिजन सिन्धुलीमा रहने भईन् ।
तत्कालिन माओबादी लडाकुहरु सेना समायोजनलाई पर्खिएर बसेका थिए ।
शैन्य शिविरमा रहँदा सिनियरहरु अनुपमालाई कराँते खेल्न उस्काउथे । भखैरै उमेर चढ्दै गरेकी अनुपमा समायोजनमा सेनामा भर्ती भएर जागिर खानुपर्ने धेरैको राय थियो ।
अनुपमाको उमेरसंगै माटोपन समेत बढ्दै गएको थियो । शरिर घटाउन उनले कराँते खेल्न थालिन् । खेल बिस्तारै राम्रो हुदै थियो ।
त्यही समय घरेलु खेलकुद पाँचौ राष्ट्रिय खेलकुदको तयारीमा थियो ।
भर्खरै युद्धको तापबाट आएको माओबादी हरेक क्षेत्रमा आफुलाई स्थापित गर्न अभिशप्त देखिन्थ्यो ।
माओबादीले पीएलए टिम खडा गरेर राष्ट्रिय खेलकुदमा सहभागीता जनाउने तयारी गर्दै थियो ।
अनि पीएलएको टिम बनाउने जिम्मेवारी प्रशिक्षक धुव्र बिक्रम मल्लले पाएका थिए ।
उनले माओबादीको सबै डिभिजन सिविरमा पुगेर खेलाडी छान्ने काम थाले ।
सिन्धुली सातौं डिभिजनमा पुग्दा उनको नजर अनुपमामा अडियो ।
अनुपमाको प्रतिभाबाट उनी प्रभावित भए ।
उनले सिन्धुली डिभिजनबाट कराँतेमा अनुपमालाई काठमाडौं ल्याए । बालाजुको डोजोमा राखेप अनुपमा सहित पीएलएका खेलाडीको प्रतिभा निखार्ने काम गरे ।
विवादका बीच अनुपमाले पीएलए क्लबबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा ईन्ट्री मारिन् ।
समयको गति अघि बढ्दै गयोे ।
उनले माओबादीबाट स्वच्छिक अवकास लिएसंगै कराँतेमै आफुलाई समर्पित गर्ने मनसाय बनाईन् ।
त्यसयता उनी निरन्तर कराँतेमा आबद्ध छिन् । राष्ट्रिय प्रतियोगिता हुँदै एसियन गेम्ससम्म उनले आफुलाई प्रमाणित गर्दै आएकी छिन् । अन्तिम घडीमा साग खेलकुदमा प्राप्त स्वर्ण त्यसैको निरन्तरता हो ।
उनले एसियन गेम्सकी पाकिस्तानकी पदकधारी नर्गिसलाई हराउँदै साग खेलकुदमा स्वर्ण जितिन् ।
'प्रतिस्पर्धीहरु बलिया थिए । खेलको बिषयमा सोचेको थिए । योजना बनाएको थिए । योजना अनुसार खेल्दा सफल भए ।' मंगलबार स्वर्ण जितेपछि खेलपाटीसंग अनुपमाले भनिन् ।
उनले हराएका प्रतिद्वन्दी सामान्य थिएनन् ।
सेमिफाईनलमा उनी श्रीलंकन खेलाडीसंग भिडेकी थिईन् ।
केही समयअघि मात्र बंगलादेशमा भएको साउथ एसियन च्याम्पियनसिपमा अनुपमा फाईनलमा उनै खेलाडीसंग हारेकी थिईन् ।
फाईनल खलेकी नर्गिस त एसियन गेम्सकी पदकधारी थिईन् । उनले मंगलबारमात्र टिम ईभेन्टमा एक्लै पाकिस्तानलाई स्वर्ण जिताएकी थिईन् । प्रतिद्वन्दी सबै खेलाडीलाई नकआउट हानेकी थिईन् । उनै नर्गिसलाई निराश बनाउँदै अनुपमाले स्वर्ण जितेकी हुन् ।
'फाईनल प्रतिद्वन्दी एसियन गेम्सकी मेडलिस्ट थिईन् । त्यसले गर्दा मनमा डर थियो ।' उनले भनिन्, 'उनलाई हेरेर खेलको योजना बनाएको थिए । जे सोचेको थिए, त्यही नतिजा निकाल्न सफल भए ।'
जितसंगै उनले आमालाई सम्झिईन् । १० बर्ष अघि आमाले उनलाई छाडेर संसारबाट बिदा लिएकी थिईन् । उनले बुधबारको स्वर्ण उनै स्वर्गिय आमामा समर्पित गरिन् ।
'गेम खेल्नु हुदैन, हात खुट्टा भाँचिन्छ भन्नु हुन्थ्यो । तर गेम खेलेरै म यहाँसम्म आईपुगे ।' भावुक हुँदै अनुपमाले भनिन्, 'यो स्वर्ण आमाकै लागि हो ।'
बुधबार अनुपमाले रचेको ईतिहासको जग माओबादी काल खण्डमा बनेको हो । पीएलए क्लबले त्यसलाई आकार दियो । उनले विस्तारै खेलकुदमा सपनाको पंख हाल्दै आईन् ।
त्यसो भए अनुपमा विगतलाई कसरी समिक्षा गर्छिन् त ?
'पीएलए क्लबबाट खेलकुद भन्ने थाहा पाए । बुझ्न पाए । खेल्न पाए । सिक्न पाए । क्लबले नै यहाँ सम्म आए भन्ने लाग्छ ।' उनी यसै भन्छिन् ।
माओबादी युद्ध उनको रहर थिएन । केही बाध्यता अनि धेरै विवशता थिए ।
क्रान्तिको मोर्चामा सामेल हुँदा उनले पढाई छाडिन् । बाल्यकाल गुमाईन् । जिवनमा कति कति चिज छुट्ने पुगे, त्यसका हिसाबै भएनन् ।
अब त युद्ध गर्ने पाटी नि रहेन । न त त्यसको अस्तित्व ।
युद्व सकिएको नि धेरै बर्ष भैसक्यो । तर युद्वका प्रभाव समाजमा अझैपनि बाँकी छन् । अघि अघि विभिन्न रुपमा प्रकट भैहाल्छन् । अनुपमाको स्वर्ण त्यसैको रुप हो ।
शान्ति प्रक्रियाको अवतरणपछि माओबादी युद्धको राप ताप बिस्तारै सेलाउँदै गयो । तर यसले छाडेका घाट समाजमा अझ पनि उस्तै छन् ।
अब त बिद्रोहबाट आएको शक्ति नि अस्तित्वमा रहेन ।
एकताका नाममा सबै विलिन भै गयो ।
अस्तित्व विलिन हुँदैमा समाजमा क्रान्तिका अवयवहरु कसरी हराउन सक्छन् ? अनुपमाको स्वर्णले पुन त्यो युद्वको सम्झना गराईदिएको छ ।
बुहारी गणतन्त्रका नेतृत्वकर्ताले के यसलाई सम्झिएका होलान् ?