पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ट्रायथोलनको ईलाईट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले स्वर्ण जितेकी छिन् ।
योसँगै सोनी १३ औं सागमा नेपाललाई स्वर्ण दिलाउने पहिलो खेलाडी बनेकी छिन् ।
पोखरामा भएको महिला ट्रायथोलनमा सोनीले दक्षिण एशियामा पावर मानिने भारतलाई पछि पार्दै स्वण हात पारेकी हुन् ।
सोनीले निर्धारित ७५० मिटर पौडी, २० कि.मी. साइक्लिङ र ५ किलोमिटर दौड १ घन्टा १३ मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेकी हुन् ।
पौडीमा तेस्रो भएकी सोनीले साइक्लिङमा दोस्रो भएकी थिइन् । यस्तै दौडमा सोनी पहिलो भएकी थिइन् ।
रजत र कास्य पदक भने भारतले जितेको छ ।
साग अन्तर्गत ट्रायथोलनमा नेपालले जितेको यो पहिलो स्वर्ण हो ।
पुरुषतर्फ नेपालका बसन्त थारुले कास्य पदक जितेका छन् । उनले निर्धारित दूरी १ घन्टा ३ मिनट र ०६ सेकेन्डमा पुरा गरे । स्वर्ण र रजत भारतका खेलाडीले जिते ।