काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग क्लब सातदोबाटो युथ क्लबले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
सामाजिक कार्यमा समेत सक्रिय क्लबले विश्व एड्स दिवसको अवसर पारेर रक्तदान कार्यकम आयोजना गरेको हो ।
कार्यक्रममा ६२ पोइन्ट रगत संकलन गरिएको क्लबमा महासचिब सुनिल बिष्टले जानकारी गरे ।
सातदोबाटोले हरेक वर्ष विश्व एड्स दिवसको अवसरमा रक्तदान गर्दै आएको छ ।
ललितपुरको सातदोबाटोमा अवस्थित क्लब पछिल्लो समय फुटबल, क्रिकेट र ब्याडमिन्टन खेलमा सक्रिय रहेको छ ।
सातदोबाटो 'बी' डिभिजन लिगको तयारीमा रहेको छ ।