काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनको मार्चपासमा नेपालको झण्डा भारोत्तोलनका ओलम्पियन कमल बहादुर अधिकारीले बोक्ने भएका छन् ।
नेपाल ओलम्पिक कमिटि (एनओसी) ले शनिबार प्रेस विज्ञप्ति निकाल्दै सागको उद्घाटनमा नेपालको झन्डा कमलले बोक्ने जानकारी गराएको छ ।
१३ औं सागमा सहभागी जनाउने नेपाली खेलाडी मध्येमा अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिकमा समेत सहभागिता जनाईसकेको कारण कमललाई झण्डा बोक्न दिने निर्णय गरेको एनओसीले जनाएको छ ।
किन कट्यो पारसको नाम ?
राखेपले मार्चपासमा क्रिकेटर पारस खड्काको नाम प्रस्ताव गरेको थियो ।
अन्तराष्ट्रिय खेलकुदमा हासिल गरेको सफलताका आधारमा पारसनै राम्रो विकल्प हुने राय सहित राखेपले पारस सहितका खेलाडीको नाम झण्डा बोक्नेमा प्रस्ताव गरेको थियो ।
तर नेपाल ओलम्पिक कमिटिले पारसको स्थानमा भारत्तोलनका कमल बहादुर अधिकारीको नाममा निर्णय गरेको छ ।
पारसले ओलम्पिक अन्तर्गतका खेलहरु नखेलेका कारण उनको विकल्पमा कमल छनोटमा परेका हुन् ।
पारसले हािसल गरेका सफलता सम्बन्धित संघ र अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट खेलेका खेलसंग सम्बन्धित छ ।
ओलम्पियन समेत रहेका कमलले सागमा नेपाललाई भारत्तोलनबाट एकमात्र स्वर्ण दिलाउने खेलाडी हुन् ।
