पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को पूर्व सन्ध्यामा सागको ओलम्पिक टर्च पोखरा आईपुगेको छ ।
काठमाडौंको स्वयम्भुबाट शुरु भएको ओलम्पिक टर्च शुक्रबार पोखरा ल्याईएको हो । सागको टर्चलाई ओलम्पिनसहित खेलाडीहरुले पोखरा रंगशालाबाट नगर परिक्रमा गराएका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च र्याली आयोजना गरेको हो । ओलम्पिक टर्च ६ जना ओलम्पियनले देशका प्रमुख सहरमा पुर्राउने क्रममा पोखरा आएका हुन ।
मंसीर १५ गते देखि सुरु हुने सागको ओलम्पिक टर्च र्यालीमा ओलम्पियन टिकाराम श्रेष्ठ, जितबहादुृर के.सी, मुकुन्दहरि श्रेष्ठ, ज्ञानबहादुर बोहरा, कान्छीमाया कोजु र राजकुमारी पाण्डे सहभागी भएका थिए ।
र्यालीमा सागका डेपुटी सेभ द मिसन समेत रहेका नेपाल ओलम्पीक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ, राष्टिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, १३ औं साग स्थानिय सहजिकरण समितीका सदस्य मोहन रेग्मी, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीलगायत खेल संघका पदाधिकारी, कर्मचारी एंव खेलाडीहरुको सहभागीता रहेको थियो ।
देशका विभिन्न भागको परिक्रमा पछि टर्च मंसीर १५ गते काठमाडौं लगिने छ ।