काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे पुरस्कार ठग्ने कम्पनी नेपालय ईन्टरनेश्नललाई १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को टिकट बेच्ने दिईएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले साग खेलकुदको टिकट बिक्रीको जिम्मेवारी नेपालय ईन्टरनेश्नललाई दिने निर्णय गरेको हो ।
नेपालयले पीएम कममा खेलाडीको पुरस्कारमा ठगी गरेको थियो ।
पीएम कप (राखेप) र नीजि कम्पनी नेपालय ईन्टरनेश्नलले संयुक्त रुपमा आयोजना गरेका थिए ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई मोटरसाईकल र विधागततर्फका उत्कृष्टलाई जनही ५० हजार दिने भनिएको थियो ।
तर प्रतियोगिता सकिएपछि सर्वोकृष्ट खेलाडीलाई ५० हजार र विधागततर्फका उत्कृष्टलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
सर्वोकृष्ट खेलाडी घोषित भएका ललित नारायण राजबंशीले पटक पटक आयोजकसंग पुरस्कारको ताकेता गरेका थिए । तर नेपालयका प्रबन्ध निर्देशक सुवास प्रधानले खेलाडीको पुरस्कार अहिलेसम्म दिएका छैनन् ।
पुरस्कारको बिषयमा राखेप त्रिपक्षीय बैठक राख्दा उनी अनुपस्थित रहदै आएका छन् ।
राखेपबाट असार मसान्तभित्र पुरस्कार नलिए रकम फ्रिज हुने डर देखाएर उनले खेलाडीलाई ठगेका थिए ।
नेपालयले अब पुरस्कार वापतको मोटरसाइकल उपलब्ध गराउन नसक्ने बताउँदै आएका छ । खेलाडीको पुरस्कार रकम ठग्ने सोही कम्पनीलाई राखेपले सागको टिकट बिक्रीको जिम्मेवारी दिएको छ ।
साग अन्तर्गत कीर्तिपुरमा हुने पुरुष क्रिकेटको खेल हेर्न २ सय र ५ सय टिकट मुल्य तोकिएको छ । नेपालले खेल्ने खेलका लागि ५ सय र नेपालको खेल नभएको २ सय टिकट राखिएको छ ।
यो पनि :
पीएम कपको पुरस्कारमा ठगिए क्रिकेटर
पीएम कपका खेलाडीले पाएनन् व्यक्तिगत पुरस्कार