काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पार्किङ स्थल टुँडिखेल तोकिएको छ ।
साग आयोजक समिति र महानगरीय ट्राफिक प्रहरी महाशाखाले साग खेलकुदको समयमा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउँन भन्दै त्रिपुरेश्वर वरिपरिका खेलको पार्किङ स्थल टुँडिखेल तोकिएको जनाएको छ ।
यस्तै महाशाखाले सागको उद्घाटन मंसिर १५ गते र समापन हुने मंसिर २४ गते उपत्यकामा चल्ने यातायातमा जोर बिजोर प्रणाली लागू हुने जनाएको छ ।
महाशाखाले उद्घाटनको दिन बिजोर सवारीसाधन र समापनको दिन जोर नम्बरका सवारीसाधन मात्र चल्ने जनाएको छ ।
त्यस्तै रंगशाला वरिपरीको मार्ग कम प्रयोग गर्न र ठुला मालबाहक ट्रकलाई रिङरोड भित्र प्रवेश नगर्न महाशाखाले अनुरोध गरेको छ ।