काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई भ्रमण वर्ष २०२० को पूर्व अभ्यासको रुपमा सरकारले लिएको बताएका छन् ।
सागमा सहभागिता जनाउने नेपाली खेलाडीलाई मंगलबार सम्बोधन गर्ने क्रममा अर्थमन्त्री खतिवडाले भ्रमण वर्ष सफल बनाउन सागले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
'भ्रमण वर्षकाे पूर्व अभ्यासकाे रूपमा सागलाई लिएका छाै,' अर्थमन्त्री खतिवडाले भने, ' क्षेत्रिय राजनीतिक र आर्थिक समस्या समाधानमा सागले महत्वपर्ण भूमिका खेल्न सक्छ ।'
सरकारले घोषणा गरेको भ्रमण वर्ष सुरु अब एक महिना मात्र बाँकी रहेको छ । भ्रमण वर्षमा सरकारले २० लाख पर्यटन नेपाल भित्र्याउने लक्ष्य बनाएको छ ।
१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ ।