भक्तपुर । भक्तपुरको ठिमीमा जिल्लाकै सबैभन्दा ठुलो र अन्तराष्ट्रियस्तरको अत्याधुनिक, सुविधासम्पन्न फिटनेस सेन्टर ‘फिटनेस डिएसपी’ खुलेको छ ।
मध्यपुर ठिमीका स्थानीय युवा, गृहिणी र वयस्कहरुको स्वास्थ्यलाई लक्षित गर्दै महिलामैत्री शारीरिक व्यायामशाला ‘फिटनेस डिएसपी’ खुलेको हो ।
‘फिट टु फिट, स्लिम टु फिट’ नारासहित डिभाइन सुपरनेचुरल पावर प्रालि स्थापना गरि तीनजना युवा व्यवसायी दिपक सापकोटा, प्रकाश थापा र समीर बस्नेतले फिटनेस सेन्टर संचालनमा ल्याएका हुन् ।
फिटनेस सेन्टर करिब २ करोड रुपैयाँको लगानी स्थापना गरिएको हो ।
करीब चार सय जनाको क्षमता तथा ४ हजार ५०० वर्गफिट क्षेत्रफलको फिटनेस सेन्टर राधेराधेस्थित भाटभटेनी सुपर स्टोरबाट करीब दुई सय मिटरको दुरीमा रहेको छ । फिटनेस सेन्टर बिहान साँढे पाँचबजेदेखि बेलुकी आठबजेसम्म खुल्नेछ ।
जिम, काडिर्याे, जुम्बा, एरोविक, किक बक्सिङ्ग, ब्याटल रोप, लगायतका शारिरीक व्यायामको लागि आवश्यक अत्याधुनिक र सुविधासम्पन्न खेलसामाग्री रहेको सो व्यायामशालामा अर्काे हप्तासम्म साउना, स्टिम र ज्याकुजिको तयारी भइसक्ने सञ्चालक समीर बस्नेतले बताए ।
सञ्चालक बस्नेतका अनुसार स्थापनाको एकमहिनाको अवधिमा हालसम्म १ सय २५ जना सदस्य बनिसकेको र केही महिनामै क्षमता अनुसार ४ सयजना सदस्य संख्या पुग्नेछ ।
व्यायाम गर्न आउने सदस्यहरुका लागि पारिवारिक वातावरणमा योग्य र अनुभवि प्रशिक्षकहरुबाट सिकाइने व्यवस्था मिलाइएको र यसका लागि हाल १० जना प्रशिक्षक र १० जना कर्मचारी नियुक्त गरिएको बस्नेतले भने ।
एकपटकमा ४० महिला र ४० पुरुष अभ्यास गर्नसक्ने गरि खोलिएको ‘फिटनेश डिएसपि’मा महिला र पुरुषका लागि ४०÷४० वटा लकरको व्यवस्था समेत गरिएको छ ।