काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार तथा प्रवर्धनका लागि काठमाडौंमा हेरिटेज साईकल र्याली सम्पन्न भएको छ ।
पर्वतीय खेलकुद महासंघ नेपालको संयोजन र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ को आयोजनामा काठमाडौंमा शनिबार साईकल र्याली आयोजना भएको हो ।
नेपाल सरकारले आगामी सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा त्यसको प्रचार प्रसार तथा प्रवर्धन गर्न र्याली आयोजना गरिएको आयोजकले जनाएको छ ।
बसन्तपुर दरबार क्षेत्रबाट सुरु भएको र्याली ठमेल, स्वयम्भु परिक्रमा गर्दै पाटन दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र हुदै नेपाल पर्यटन बोेर्ड परिसर भृकुटीमण्डपमा पुगेर सकिएको थियो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि अरुण नेपालले साईकल र्यालीको उद्घाटन गरे ।
राष्ट्रिय खेलकुद परिष्दका उपाध्यक्ष पीताम्बर तिम्सिनाले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
र्यालीमा प्रदेश सरकारका महत्वपूर्ण व्यक्तित्वहरु, पर्यटन व्यवसायीहरु, शाहसिक खेल क्षेत्र र वातावरण क्षेत्रका व्यक्तित्वहरु लगायत ५०० जनाको सहभागिता रहको थियो ।